गरिमाको बैंकिङ साक्षरता

समाधान संवाददाता २०७५ चैत ३ गते ८:५९

समाधान संवाददाता

Advertisement

गरिमा बैंक कुस्मा शाखाले गरिमाको बैंकिङ साक्षरता कार्यक्रमलाई गाउँ गाउँमा पुर्‍याएको छ । शनिबार कुस्मा ११ शिल्मीमा घरदैलो वित्तीय साक्षरता कार्यक्रम भएको हो । बैंकको कुस्मा शाखाका प्रमुख प्रेमकिशोर अर्यालले सेवा सुरु गर्दै बैंकले जनताको घरदैलो पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताए । बैंकले सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा, सुविधा र अनुदानका विषयमा उनले जानकारी दिएका थिए ।

बैंकका विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, विभिन्न प्रकारका खाताका प्रकार, अत्याधुनिक बैंकिङ सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा पनि उनले प्रकाश पारेका थिए । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्याथीको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका लागि बिमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबवद्धि गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

उपभोक्ताको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो । घरदैलो कार्यक्रममामार्फत शिल्मीका ५० जनाले खाता खोलेका थिए । बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम पर्वतका हरेक घर घरमा पुर्‍याउने बैंकको योजना छ ।

Advertisement

तपाईको प्रतिक्रिया