कावासोतीमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु
समाधान संवाददाता
२०७५ चैत ३ गते १४:४९

समाधान संवाददाता
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।
राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया