तमु भाषाको चलचित्र ‘बिर्साउने पानी’ वैशाखबाट
समाधान संवाददाता
२०७५ चैत ४ गते ९:२८

समाधान
तमु भाषाको चलचित्र म्ले क्यु -बिर्साउने पानी- नयाँ वर्षको सुरुआतमै प्रदर्शनी हुनेभएको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र आगामी वैशाख ७ गते शनिबार विन्ध्यवासिनी सिनेमा हलमा प्रर्दशन हुने निर्देशक जसु गुरुङले जानकारी दिए ।
तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको चलचित्रमा रोशन गुरुङको कथा छ । चलचित्रमा माओत्से गुरुङको पटकथासहित मुख्य अभिनय छ । कलाकार रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतको अभिनय छ ।
चैत अन्तिम साता नवलपरासी, रुपन्देहीमा प्रदर्शनी हुने चलचित्र पोखरा हुँदै दमौली, काठमाडौं लगायत क्षेत्रमा प्रदर्शनीको तयारी भएको निर्देशक गुरुङले जानकारी दिए । हङकङमा भएको प्रदर्शनबाट हौसिएका फिम्म युनिटले सन्तोषजनक सन्देश पाएको दाबी गरेका छन् ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया