चेक नसाटिएपछि सुपरमादीमा तालाबन्दी

समाधान संवाददाता
मादी गाउँपालिकामा बन्दै गरेको सुपर मादी हाइड्रोपावर परियोजनामा ताङतिङ युवा क्लबले ताला लगााएको छ । २०७२ साल मंसिर ८ गते ताङतिङ युवा क्लब र स्थानीयसँग परियोजनाले गरेको सम्झौता पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै क्लबले ताला लगाएको ताङतिङ युवा क्लबका कोषाध्यक्ष हिमाल गुरुङले बताए । ‘परियोजनासंँग ११ बुदे सहमति भएको थियो, ‘उनले भने, ‘५ नम्बर बुँदा अहिलेसम्म लागु भएको छैन ।’
अन्य बुँदामा काम अगाडि बढेको वा केही प्रतिशत काम सकिए पनि ५ नम्बर बुदाँको काम नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार दिउँसो १२ बजे परियोजनाको सचिवालयमा ताला लगाएका हुन् । सम्झौता अनुसार परियोजनाले १ करोड ५० लाख रुपैयाँ स्थानीय विकासको लागि खर्च गर्नुपर्ने थियो । तर उक्त रकम अहिलेसम्म नदिएको भन्दै ताला लगाएको गुरुङले बताए । ५० लाख चेक भुक्तानी गरिएको भए पनि अहिलेसम्म नसाटिएको भन्दै ताला लगाएको उनले बताए । गत पुसमा भएको गाउँ सभामा नै उनीहरुले उक्त परियोजनाबाट आएको रकमको विकास योजना बनाएका थिए । तर रकम नआउँदा काम नभएको गुरुङले सुनाए । युवा क्लबको अगुवाईमा स्थानीयले ताला लगाएका थिए ।
११ बुँदे सम्झौतामा परियोजना निर्माण क्रममा स्थानीयको घरमा क्षति भएमा परियोजनाले व्यहोर्ने, परियोजनामा स्थानीय कामदार प्रयोग गर्ने, स्थानीयको केन्द्रिय लाइन लैजाने, परियोजनाले लिएको जग्गाको मुआब्जा दिने लगायतका कामहरु धेरै प्रतिशत भइसकेका छन् । उक्त विषयमा पटक पटक छलफल भएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया