हिन्दू धर्म शान्तिको प्रतीक

समाधान संवाददाता २०७५ चैत १० गते १२:४०

समाधान संवाददाता
पर्वत

विश्व हिन्दू महासंघ पर्वतको साधारणसभा तथा ५ औं अधिवेशनबाट लोकनाथ आचार्य अध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा मानकुमारी गिरी, बेलबहादुर विश्वकर्मा, सचिव अच्यूत तिवारी, सहसचिव थानेश्वर रेग्मी, कोषाध्यक्ष कृष्ण गौडेल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष रवीन्द्र अधिकारीले हिन्दू धर्मको रक्षामा हाम्रो चासो नपुग्दा अस्तित्वमाथि प्रहार हुन थालेको बताए ।

Advertisement

कार्यक्रममा सांसद लालकाजी गुरुङ, कांग्रेस नेता नवराज गुरुङ, कांग्रेस पर्वत उपसभापति दुर्गाबहादुर खत्री, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मा, निर्वाचन समितिका संयोजक हरिनारायण रेग्मी, पौडेल समाजका अध्यक्ष दोर्णराज उपाध्याय, गुप्तेश्वर धार्मिक मेला कोटीहोमका अध्यक्ष पृथ्वीनारायण शर्मा, समाजसेवी भवनीशंकर पौडेल, बेलबहादुर विश्वकर्मा, संयोजक कृष्ण शर्मा गौडेल, पयूैं गाउँपालिकाका सदस्य थानेश्वर तिवारी, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल, युगनाथ गौडेल रेग्मी, अच्युत तिवारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया