प्याराग्लाइडिङ नियमनकाे जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थालाई

समाधान
जथाभावी उडान भएर लगातार दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ नियमनको जिम्मेवारी नेपाल हवाई खेलकुद संस्था (ना) लाई सुम्पेको छ ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई प्राधिकारिक संस्था तोकेको प्रमाणपत्र बुधबार हस्तान्तरण गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण, मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को नियम २३ क तथा मनोरञ्जनात्मक उड्डयन प्राधिकारिक संस्था सम्बन्धी निर्देशिका २०१८ को व्यवस्था बमोजिम प्राधिकरणले नियमन गर्ने गरी व्यवस्थापन तथा प्रवद्र्धन सम्बन्धी कार्यका लागि प्राधिकारिक संस्था नालाई तोकेको हो ।
अब नालाई प्याराग्लाइडिङ र ह्यान्डग्लाइडिङको लाइसेन्स जारी गर्ने, नियम विपरीत चलेको कम्पनी र पाइलटको दर्ता खारेज गर्ने अधिकार हुनेछ । सोलो (एकल) उडान अनुमति सिफारिस गर्ने, सुरक्षित उडान व्यवस्थापन गर्ने, नियम विपरीत कार्य गर्नेलाई कारबाही गर्ने जिम्मेवारी नालाई हुने क्यानका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले बताए । आर्थिक र प्राविधिक लगायत सहयोग भने नालाई क्यानले गर्नेछ ।
नाकै कामको अनुगमन भने क्यानको पोखरा कार्यालयले गर्नेछ । नाले समेत जिम्मेवारी राम्ररी पूरा नगेर उसलाई दिइएको प्राधिकार फिर्ता हुनेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया