पुतलीबजारमा पहिलो पटक जल्सा

समाधान संवाददाता २०७५ चैत २४ गते १३:१२

अर्जुन काफ्ले, स्याङ्जा

मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदरसा (पाठशाला) बनाउन यहाँ पहिलोपटक जल्सा (महायज्ञ) आयोजना गरिएको छ ।

स्थानीय स्याङ्जा मुस्लिम समाज स्याङ्जाले पुतलीबाजर नगरपालिका ३ बाडखोलामा जल्सा आयोजना गरेको हो । जल्साबाट बचत रकमले विपन्न परिवारका बालबालिकालाई निशुल्क छात्राबास र पठनपाठन गराउन भौतिक संरचना निर्माण गरिने समाजले जनाएको छ ।

Advertisement

२३ गते दिन र रात २४ घन्टा सञ्चालन हुने जल्साको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले शनिबार उद्घाटन गरे । जल्सा उद्घाटनपछि चुमानले नेपालमा१ सय २० भन्दा बढी जातजातिको बसोबास रहेको बताउँदै धर्म, संस्कृति, भेषभूषाका कारण विविधतामा एकता भएको उल्लेख गरे ।

छोटो समयमा इतिहास बिर्सन नसकिने बताउँदै मन्त्री चुमानले ०५२ सालको जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनले ल्याएको समानुपातिक व्यवस्थामा मुस्लिम समुदायलाई समावेश गर्न सफल भएको सुनाए ।

Advertisement

उनले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकारे पनि सरकारको बचाउ गरे ।
कार्यक्रममा संघीय सांसद कलिला खातुन, नारायण मरासिनी, गण्डकी प्रदेश सांसद दीपक थापामगर, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नेकपाका पारस गैह्रे, कांग्रेसका कुमार रानालगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया