मुक्तिनाथमा फाेहोर बढ्योः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७५ चैत २५ गते १२:४०

सुन्दरकुमार थकाली, मुस्ताङ

तेश्रो पटक मुस्ताङ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुक्तिनाथमा फोहोर बढेको बताएका छन् । मुक्तिनाथ पुराङ रानीपौवा गाउँद्धारा आयोजित स्वागत कार्यक्रम मुख्यमन्त्री गुरुङले फोहोर बढेको उल्लेख गरे ।

विश्वकै धार्मिक प्रोडक्कको रुपमा रहेको मुक्तिनाथ क्षेत्रलाई वातावरण मैत्री तुल्याउन पर्नेमा जोड दिए । पछिल्लो समय तिर्थालुको आगमन र होटल तथा अन्य पूर्वाधार वृद्धि भएकाले फोहोर बढ्ने क्रम सुरु भएको जनाए । उनले आधुनिक विकासमा नाममा वातावरण अनुकुलित हुने कार्यमा सहज रहनुपर्ने सुझाव दिए ।’कम भन्दा कम क्षति हुने गरी आधुनिक संरचना निर्माणमा ध्यान दिऔं । पुराना ईतिहास, आध्यामिक कुरा , पुराताक्तिक तथा पुराना ढाँचाशैलीका काष्टकला र वास्तुकला बिथोलिन नदिऔं ।’मुख्यमन्त्री गुरुङले भने ।

Advertisement

मानवबस्ती वृद्धि भएपछि फोहोर बढ्नु स्वाभाविक भएको उल्लेख गर्दै गुरुङले यसको प्रदुषण र फोहोर व्यवस्थापनमा प्रदेश सरकारले ध्यान पूर्‍याउने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरेर खानोपानी तथा ढल निकास र आवश्यक फोहोर व्यवस्थापनका कार्य अघि बढाईने जनाए ।

मुख्यमन्त्री गुरुङले मुस्ताङ जिल्ला प्राकृतिक सौन्दर्यताले धनी भएको उल्लेख गर्दै मुस्ताङसंगै मनाङ र गोर्खाका २ पालिकालाई फिल्मसिटीको रुपमा विकास गर्न प्रदेशले योजना बनाएको बताए । उनले कुनै पनि क्षेत्रको पर्यटन वृद्धि गर्न प्रचार प्रसारको खाँचो रहने उल्लेख गर्दै यस्ता स्थानमा घरेलु कलिउड देखि हलिउड र बलिउडका चलचित्रकर्मीलाई यहाँ छायाँङ्कन गर्नसक्ने पूर्वाधार तयार गर्ने जानकारी दिए ।‘मोदी मुक्तिनाथ आउदा ६० प्रतिशत पर्यटन बढ्यो, अब फिल्मसिटी भयो भने पर्यटकले थेग्न सकिन्न ।’उनले भने ।

Advertisement

मुस्ताङ, मनाङ र गोर्खाका केही भागको भूगोल, संस्कृति, धर्म र भाषा मिल्दो भएकाले फिल्मसिटीका लागि नयाँ आयाम हुने जनाए । मुख्यमन्त्री गुरुङ प्रदेश सरकारद्धारा संञ्चालित आव २०७५/२०७६को आयोजना अनुमगन तथा हाईअल्टिच्युड स्टेडियम निर्माणका संम्भााव्यताका लागि आईतबार मुस्ताङ आएका हुन् ।मुख्यमन्त्री गुरुङ सहित नेकपाका प्रदेश सहईन्चार्ज खगराज अधिकारीले पार्टी प्रशिक्षण दिने जिल्ला नेता रमेश भट्टचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया