सिमखेत क्लबको सरसफाइ अभियान

समाधान संवाददाता २०७५ चैत २७ गते १३:०६

समाधान संवाददाता
पर्
वत

फलेबास शंकरपोखरीको सिमखेत युवा क्लबले सरसफाइ अभियान नै सञ्चालन गरी गाउँटोल सरसफाइका लागि ८० वटा डस्टबिन वितरण गरेको छ । क्लबले वडा कार्यालयलाई डस्टबिन हस्तान्तरण गरेको हो ।

नेस्डो नेपालका अध्यक्ष विश्वप्रकाश प्रसाईँले समाजका व्यक्तिले असल मान्छे बन्ने प्रयास गरेमा समाज सकारात्मक मार्गमा अघि बढ्ने बताए । स्थानीय महिलालाई स्वाबलम्बी बन्न आग्रह गर्दै आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

क्लबले डस्टबिन वितरण गर्नु उदाहरणीय काम भएको उल्लेख गर्दै प्रसाईँले राजनीतिक दलका नेताहरु बोल्ने तर काम नगर्ने भएका कारण विश्वास घट्टै गएको उल्लेख गरे ।

सिमखेत यूवा क्लबका अध्यक्ष सरोज खनालले साना कामबाट नै समाजको विकास हुने भन्दै समाजको परिवर्तनको लागि सदैव लागिरहने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया