लायन्स क्लब भैरवमा श्रीकृष्ण कतिला

समधान संवाददाता, पोखरा
लायन्स क्लब अफ भैरवमा श्रीकृष्ण कतिला अध्यक्षमा चयन भएका छन् । लायन वर्ष २०१९÷२०२०का लागि कतिला सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
क्लब प्रथम उपाध्यक्ष जगन्ननाथ तिमिल्सिना, द्वितीय उपाध्यक्ष आनन्दकिशोर बाटाजु, तृतीय उपाध्यक्ष श्यामकुमार मल्ल, सचिव विक्रम उदास, सहसचिव राजबहादुर कोइराला, कोषाध्यक्ष पुष्करकुमार श्रेष्ठ चयन भएका छन् ।
क्लबको पिआरओ कृष्ण मल्ल, टेल ट्वीस्टर निर्मल बिजुक्छे, टेमर अशोक बाटाजु, निर्देशक सुकदेव गौतम, शरणकाजी श्रेष्ठ, शेरबहादुर गुरुङ, मदन बिजुक्छे चयन भएका छन् । एलसिआइएफ चियरपर्सन विनोदराज सुवेदी, सल्लाहकार सुरेन्द्रमान बिजुक्छे, सम्मर श्रेष्ठ, बुद्धबहादुर उदास, गौतम बिजुक्छे, सञ्जयकुमार श्रेष्ठ, विनोद द्वा रहेका छन् ।
कार्यक्रममा पिएमसिसी दीपक श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै समाजसेवामा अब्बल भूमिका निभाउन अनुरोध गरे । कार्यक्रममा गाइड लाइनर कृष्णमोहन श्रेष्ठ, अध्यक्ष हरिभक्त पौडेल लगायतले बोलेका थिए । निर्वाचन समितिका संयोजक विनोद द्वाको अध्यक्षतामा भएको सभामा निर्वाचन समिति सदस्य सुकदेव गौतम र सुरेन्द्र बिजुक्छेले शुभकामना दिएका थिए ।
नयाँ नेतृत्व सम्हालेका श्रीकृष्ण कतिलाले आफ्नो कार्यकालमा रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले क्लब आवद्ध सदस्यको भावना र लायन नीति अनुरुप क्लबलाई अग्रगतिमा लैजाने बताए । लायन्स भैरबले गरेका असल कामको निरन्तरता दिँदै समाजमा हुने र घटने घटनामा आवश्यक सहयोगकालागि अग्रपंतिमा क्लबलाई लैजाने जनाए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया