बाेर्डिङ र पुस्तक पसलेकाे सिण्डिकेटः मारमा अभिभावक र विद्यार्थी

समाधान संवाददाता २०७६ वैशाख ११ गते ९:३०

समाधान संवाददाता

पछिल्लो समयमा शिक्षा धेरै व्यवसायी बन्दै गएको छ । पोखराका केही नाम चलेका व्यक्तिका कलेज तथा स्कुलले त झन् नै व्यावसायिकता देखाएको भेटिन्छ ।

पोखरा सुन्दरमार्गका १ व्यापारीले सगरमाथा बोर्डिङ स्कुलमा छोरा पढाउँछन् । उनले स्कुलले पठाएको ठाउँबाट नै किताब किने । स्टेसनरीले आवश्यक किताबको सेट नै दियो । उनको छोरालाई आवश्यक नपर्ने २ किताब उक्त सेटमा थिए । घरमा आएपछि मात्र थाहा भयो । त्यसपछि उनी अनावश्यक किताब फिर्ता गर्न र आवश्यक किताब लिन जाँदा उक्त स्टेसनरीले किताब फिर्ता लिएन । उनले अनावश्यक किताब फाले र आवश्यक २ वटा किताब फेरि किने ।

Advertisement

उनको मात्र हैन पोखरा न्युरोडका १ जनाले छोराको पोखरा रानीपौवाको १ स्टेसनरी पसलबाट किताब किने । अन्य पसलमा जसरी नै उक्त पसलबाट पनि किताबको सेट उनलाई दिइयो । घरमा लगेपछि किताब छोराले हेरे, त्यतिबेला थाहा भयो नचाहिने २ वटा किताब रहेछन् ।

अनावश्यक किताब फिर्ता गर्न जाँदा किताब फिर्ता गर्न नमानेर व्यापारीसँग लामो समय भनाभन भयो । पसलले अन्त्यमा किताब फिर्ता गरे । तर चाहिएको २ किताब दिएनन् । उनले किताबको बिल पनि दिएनन् र पहिला दिएको बिल पनि पसलेले च्यातेर फालिदिइन् । उक्त घटनाको भिडियोसमेत बाहिरिएको छ ।

Advertisement

पछिल्ला वर्षमा स्कुलले तोकिएको स्टेसनरीबाट मात्र किताब किन्ने र स्कुलको पोसाक पनि एउटा पसलबाट नै किन्नुपर्ने बाध्यता पोखराका बोडिङ स्कुलले बनाएका छन् । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख गंगाबहादुर गुरुङले किताब फिर्ता गर्न पाउनुपर्ने बताए ।

उनले स्कुलले तोकिएको हैन जुनसुकै पसलबाट पनि पोसाक किन्न पाउनुपर्ने बताए । कसैले किताब फिर्ता नगरेको पाइएमा वा गुनासो आएमा महानगरपालिकाले नै कारबाही गर्ने उनको भनाइ छ । उनले अब हुने बैठकमा पुस्तक र पोसाकको विषयमा छलफल गर्ने बताए ।

तपाईको प्रतिक्रिया