बलात्कारी मीनुराजलाई ७ बर्ष जेल

समाधान संवाददाता २०७६ वैशाख १२ गते १६:३८

समाधान संवाददाता

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका मादी ५ मिजुरे घर भई पोखरा ३० ढुंगेपाटन बस्ने ४३ वर्षीय मीनुराज घिमिरेलाई ७ वर्ष कैद सजाय सुनाइएकोे छ । कास्की जिल्ला अदालतका न्यायाधीश काजीबहादुर राईको वैशाख १० गतेको इजलासले यस्तो फैसला सुनाएको हो । सजाय सुनाइएका घिमिरेले १० हजार रुपैयाँ क्षतिपूर्ति भर्नुपर्ने भएको छ ।

पीडित महिलाले आरोपित घिमिरेले २०७५ कात्तिक १७ गते बलात्कार गरेको भन्दै कात्तिक १९ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मंसिर १४ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । उनको स्वास्थ्य परीक्षण २०७५ कात्तिक १९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया