कागजमा खुम्चिएको प्रेस स्वतन्त्रता

आज विश्व प्रेस स्वतन्त्रता दिवस । भनिन्छ, जुन देशको सरकार प्रेसप्रति उदार छ, त्यो मुलुकलाई प्रगतिपथमा लम्कन सजिलो हुन्छ । प्रेसलाई राज्यको चौथो अंग यसै मानिएको छैन । उसले निभाउने भूमिकाका कारण यो स्थान प्राप्त भएको हो ।
नेपालमा मात्र नभइ विश्वका हरेक मुलुकमा राजनीतिक दलहरु सत्ता बाहिर रहँदासम्म प्रेससँग नजिक हुन चाहन्छन् । कतिपय अवस्थामा त उनीहरुले प्रेसलाई प्रयोग गरिरहेका हुन्छ । ती दलको व्यवहार देख्दा लाग्छ कि अब पक्का प्रेस स्वतन्त्रता कायम हुन्छ ।
तर उल्टो ती दल प्रेसकै बुइ चढेर सत्तामा पुग्छन् । अनि तत्काल बोली फेरिन्छ । व्यवहार फेरिन्छ अनि कार्यशैली फेरिन्छ । अनि सुरु हुन्छ प्रेसमाथि निर्दयीरुपमा प्रहार । प्रेसका आफ्ना सीमा छन् । सीमाभित्र रहेर खबरदारी गर्नु उसको दायित्व हो । तर कतिपय अवस्थामा प्रेसको आवरणमा हुने (अ) मर्यादित क्रियाकलापले समग्र पत्रकारिता जगतलाई नै मुछ्ने काम हुने गरेको छ । यसले नेपाली पत्रकारिताको आन्दोलनलाई बेलाबेलामा कमजोर बनाइरहेको छ ।
बितेको १ वर्ष नेपाली प्रेस जगतले निकै उचारचढाव खेप्नु पर्यो । ३ तहका सरकार क्रियाशील छन् । जताततै निगरानी गर्नु प्रेसको दायित्व नै हो । तर प्रेस स्वतन्त्रता उल्लंघनमा बितेको १ वर्ष निकै अगाडि रह्यो । स्वतन्त्र प्रेसलाई अंकुश लगाउने खालका कानुन निर्माणदेखि पत्रकारप्रति बढ्दो असहिष्णुता, अनादार व्यवहार, पत्रकारमा बढ्दो निगरानी डिजिटल निगरानीले प्रेस जगत प्रताडित बन्यो ।
दण्डहीनता अन्त्यको कुनै प्रयास नहुनु, पत्रकार तथा मिडियाको दुरुपयोग बढ्नु जस्ता कारणले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था निराशाजनक रह्यो । फ्रिडम फोरमले तयार पारेको प्रतिवेदन अनुुसार विगत १ वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा निकै बढे । १ वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका १ सय ४ घटना भए ।
जसमा १ सय ५८ पत्रकार प्रत्यक्ष प्रभावित भए । यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । २०१८ मे को प्रतिवेदन अनुसार नेपालमा ६६ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए । यस वर्षमा १ सय ४ उल्लंघनमध्ये आक्रमण÷हातपातका ३१ घटना, समाचार संकलन रोक र तोडफोडका १६ घटना, दुव्र्यवहारका २८ घटना, ज्यानमार्ने धम्की १९ वटा र पत्रकार विरुद्ध मुद्दा ३ वटा रहे ।
सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्दा लोकतन्त्र संस्थागत हुन सक्दैन । यसमा पत्रकार स्वयं सचेत हुँदै अधिकारप्राप्तिका लागि संघर्षमा अझै उत्रिरहनुपरेको छ । मुलुकमा यति धेरै राजनीतिक परिवर्तन भइरहँदा समेत प्रेस जगतले ढुक्क रुपमा स्वतन्त्रताको अनुभूति गर्न नसक्नु विडम्बना नै हो । नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्राको प्रत्याभूत गर्ने उल्लेख गरियो । त्यसपछि पनि अनेक खाले कानुन बने तर प्रेसप्रतिको सरकारी रबैया जस्ताको तस्तै रह्यो ।
नागरिकलाई सहज रुपमा सूचना पु¥याउन अहोरात्र खटिएका पत्रकारमाथि हुने धरपकड अनि विभिन्न वहानामा मुद्दा लगाउने गर्दा १ व्यक्ति मात्र हैन समग्र पत्रकारनै त्यसको मारमा परिरहेका हुन्छन् । सरकारले जहिले पनि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । मिडियालाई अभिभावकले हेर्ने नजरिया जहिले पनि सकारात्मक हुनुपर्छ ।
यति भनिरहँदा प्रेसजगतको दायित्वको पनि कुरा आउँछ । अभिभावक र परिवारका सदस्यबीचको द्वन्द्व पक्कै पनि राम्रो होइन । तसर्थ प्रेस स्वन्त्रता कायम गर्न सरकार प्रेस दुवैले अनुभूति गरेर अगाडि बढ्नुको विकल्प छैन ।






सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया