बाघकाे आक्रमणमा परी २ घाइते
समाधान संवाददाता
२०७६ वैशाख २५ गते १३:३६

समाधान संवाददाता, लेखनाथ
आज बिहान लेखनाथमा बाघको आक्रमणमा परि दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पोखरा ३० का ४८ वर्षीय टीका बहादुर लिम्बु र पोखरा ३० थाटडाँडाकी ५७ वर्षीय राधिका आचार्य रहेका छन् ।
लिम्बूलाई बिहान करिब ७ बजे घर छेउमा भैंसी बहलाइ रहने क्रममा आक्रमण गरेको थियो भने राधिका आचार्यलाई घरमा भाडा माझिरहेको बेला एक्कासि आक्रमण गरेको थियो ।
दुबै जना को लेखनाथ सामुदायिक लायन्स अस्पताल मोहोरियामा उपचार पछि घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया