मगर संघ रामबजारद्वारा जन्मजात अपाङ्ग दाजुभाइलाई सहयोग

समाधान संवाददाता २०७६ वैशाख ३१ गते १३:१४

मगर संघ रामबजारद्वारा जन्मजात अपाङ्ग दाजुभाइलाई सहयोग
पोखरा, ३० वैशाख (समाधान)— नेपाल मगर संघ इकाइ समिति रामबजारले जन्मजात अपांगता भएका २ युवालाई सहयोग गरेको छ ।

पोखरा १३ डिही गाउँ निवासी पूर्णबहादुर नेपालीका २ छोराहरु चेतबहादुर नेपाली र शिवबहादुर नेपालीलाई संघले घरमै पुगेर १० हजार नगद र ९ हजार बराबरको खाद्यान्न सामान प्रदान गरेको हो । नेपाली परिवारलाई आम्दानीमा सघाउन ५२ हजार ६ सय ७० प्रदान गर्ने इकाइ अध्यक्ष ढालबहादुर सारुमगरले बताए । उक्त रकम बाख्रा किन्न र खोर बनाउन सहयोग गरिने अध्यक्ष ढालबहादुरको भनाइ थियो ।

अपांग बच्चाकी आमा देवकुमारीले सहयोगबाट भविष्यमा राहत हुने विश्वास व्यक्त गरिन् । नेपाली परिवारको जीवन जिउन केही हदसम्म भए पनि सहज होस् भन्ने हेतुले सहयोग गरिएको नेपाल मगर महिला संघ इकाइ समिति रामबजारका अध्यक्ष दानकुमारी थापा मगरले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया