एक सय तीस विद्यार्थीलाई लायन्सको छात्रवृत्ति

समाधान संवाददाता २०७६ जेठ १ गते ८:१९

समाधान संवाददाता

लायन्स क्लब अफ अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वी १ नेपालले मंगलबार कास्कीका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । डिष्ट्रिकको विद्यार्थी पढाऔं अभियान अन्तर्गत १ सय ३० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो

लायन्स शिक्षा कोष ३२५ वी १ नेपालका अध्यक्ष तथा डिष्ट्रिकका निवर्तमान गभर्नर धनराज आचार्यले न्युनतम ४ हजार देखि १६ हजारसम्मको दरले ५ लाख बराबरको छात्रवृत्ति बाँडेको जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार लायन्स शिक्षा कोषमा २ करोड २५ लाख छ । कोषमा ४२ लायन्स क्लवका २ सय ३५ अक्षयकोषदाताले ५० हजार देखि ५ लाख ५५ हजारसम्मको कोष राखेका छन ।

Advertisement

अध्यक्ष आचार्यले २८ जिल्लाका ३ सय ८७ विद्यार्थीलाई १९ लाख ८६ हजार ७ सय २५ बराबरको छात्रवृत्ति वितरण गर्ने बताए । ‘आर्थिक अभावको कारणले धेरै विद्यार्थीको विद्यालय शिक्षा पुरा हुन सकेको छैन,’अध्यक्ष आचार्यले भने, ‘पढाऔं अभियानले विद्यार्थीले विद्यालय छोड्ने दर घट्ने हाम्रो विश्वास छ ।’ उनले माध्यमिक विद्यालयतह देखि उच्च शिक्षासम्म पढ्ने विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरे ।

विद्यालयसंग सम्झौता गरी सकभर अरु छात्रवृत्ति नपाएका विद्यार्थीलाई प्राथमिकता दिएको जानकारी दिदै अध्यक्ष आचार्यले अधिकांस सामुदायिक विद्यालयका विद्यार्थीले छात्रवृत्ति पाएको भए पनि अपवादको रुपमा अक्षयकोषदाताको रोजाईमा संस्थागत विद्यालयका विद्यार्थीले समेत छात्रवृत्ति पाएको बताए ।

Advertisement

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पढाऔं अभियान सिर्जनात्मक र रचनात्मक अभियान भएका उल्लेख गर्दै यसले शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ, सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया