मादी ८ मा सार्वजनिक सुनुवाइ

समाधान संवाददाता २०७६ जेठ २ गते १३:४५

समाधान संवाददाता
पोखरा

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ ले सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा नागीधार, पाखुरीकोट, रबै, पोसी र तल्लो रबै टोल विकास संस्था, टोल सुधार समिति, युवा क्लब, आमा समूह सहभागी थिए ।

बाटो निर्माण समितिका अध्यक्ष आमेप्रकाश गुरुङले प्राविधिकको लापरबाहीले दुःख पाएको बताउँदै काम सम्पन्न भएको १ हप्ताभित्र प्राविधिकले मूल्यांकन गर्नुपर्नेमा २ महिनासम्म नआउँदा समस्या भएको गुनासो गरे । सेवाग्राहीले वडा कार्यालयले दिने कागजपत्रमा ढिलाइ भएको गुनासो गरे ।

Advertisement

सुनुवाईमा वडा अध्यक्ष यमबहादुर गुरुङले गाउँ कार्यपालिकाले प्रकाशन गरेको रातो किताबमा उल्लेख गरिएका अधिकांश कार्य गरिएको बताउँदै नीति नियममा रही कार्यसम्पादन गरेको दाबी गरे ।

उनले गतवर्ष आफ्नो वडाले मात्रै बेरुजु फस्र्यौट गरेको बताउँदै मादी गाउँपालिका भित्र वडा नम्बर ८ ले सबै प्रकारका राजस्व कम्प्युटरमार्फत बिल काट्ने गरिएको बताए ।

Advertisement

उनले महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिम प्रदान गरी वडामा स्वेटर बुन्ने उद्योग खोल्न लागेको बताए । उक्त उद्योगबाट उत्पादित स्वेटर बिक्री वितरणको व्यवस्था मिलाइएको उल्लेख गरे ।

अन्तक्र्रियामा मादी ८ का वडा सदस्य लालदेवी घले, पञ्चमाया नेपाली, कुलवीर गुरुङ, तुलाप्रसाद रिजाल, वडा सचिव सरोज थापा, कर्मचारी जंगबहादुर गुरुङ, जेटिए शिला पौडेल आचार्य, उपभोक्ता समितिका अध्यक्ष, विद्यालयका प्रतिनिधि, सहकारीका प्रतिनिधि लगायतले सेवाग्राहीसँग सबालजवाफ गरेका थिए ।

उनीहरुले सेवाग्राहीलाई सकेसम्म छिटो छरितो सेवा दिने प्रयास गरेको भए तापनि कहिलेकाहीँ आवश्यक कागजातको अभाव तथा विद्युत अनियमितताले समय मै काम नभएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया