सार्वजनिक सुनुवाइमा प्रहरीले सुरक्षा दिन नसकेकाे स्थानियकाे गुनासाे

समाधान संवाददाता २०७६ जेठ ३ गते १२:४६

नागरिक सुनुवाइमा सहभागी अर्जुनचौपारी गाउँपालिकाका बासिन्दा बलबहादुर थापा ।
तस्बिरः अर्जुन काफ्ले

समाधान संवाददाता
स्याङ्जा

अर्जुन चौपारी गाउँपालिका १ का बलबहादुर थापाले प्रहरीले शान्ति सुरक्षा दिन नसकेको गुनासो गरे । जिल्ला प्रहरी कार्यालयले ३ महिनाको प्रगति र स्थानीयको गुनासो सुन्ने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाइ उक्त गुनासो सुनाएका हुन् ।

Advertisement

२० वर्ष पहिलादेखि प्रहरी रहे पनि जनशक्ति अभावमा प्रहरीले शान्ति सुरक्षा दिन नसकेको थापाको भनाइ थियो ।

अर्जुन चौपारी ६ का विष्णु तिवारीले थापाको भनाइमा सहमति जनाउँदै प्रहरीको गरिमा घटेको उल्लेख गरे । उनले प्रहरीको गरिमालाई उँचो राख्न गरिबले न्याय कसरी पाउन सक्छन्, समाधानको बाटोे खोजी गर्नुपर्ने बताए । सुनुवाइमा सहभागी सूर्यबहादुर अधिकारीले बैंक तथा जनघनत्व बढी रहेको यहाँ गस्तीको व्यवस्था र स्तरोन्नतिको माग गरे ।

Advertisement

संस्थागत प्राथमिकता तथा कार्ययोजनामा आधारित रही तयार पारिएको योजना अनुसार जिप्रकाले नागरिक सुनुवाइ कार्यक्रमको गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले २० हजार जनघनत्व रहेको गाउँपालिकामा ७ जना प्रहरीले सुरक्षा दिन कठिन भएको बताए । प्रहरीको काम सम्मानयोग्य भएको भन्दै कामको मूल्याङ्कन गरी सहयोग गर्नेमा अर्यालले प्रतिबद्धता जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यले प्रहरीले पछिल्लो ३ महिना गरेको प्रगति र भावी रणनीतिबारे जानकारी गराए । १७ वटा प्रहरी चौकी रहेको स्याङ्जामा ५ सय ७ दरबन्दीममध्ये ३ सय ५१ जना प्रहरीमात्र कार्यरत छन् ।

तपाईको प्रतिक्रिया