धादिङमा पाँच रेक्टर स्केलको भूकम्प

समाधान संवाददाता २०७६ जेठ ३ गते १५:४०

समाधान संवाददाता, काठमाडाैं

धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो।

भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया