आमाले गरिन् आफ्नै २२ महिने छोराको हत्या
समाधान संवाददाता
२०७६ जेठ १४ गते १२:०५

समाधान संवाददाता, काठमाडाैं
भोजपुरमा आफ्नै आमाले २२ महिने छोराको खुकुरी प्रहार गरी हत्या गरेकी छिन् ।
भोजपुर नगरपालिका–९ मा डेरा गरी बस्ने २३ वर्षीया सम्झना थापाले छोरा सम्बोधनको मंगलबार बिहान घाँटी रेटेर हत्या गरेकी हुन् ।
भोजपुर प्रहरीका अनुसार बिहान झन्डै ८ बजे सम्झनाले अबोध छोरामाथि खुकुरी प्रहार गरेकी थिइन् ।
धारिलो खुकुरीको प्रहारले बालकको घटनास्थलमै मृत्यु भएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले बताए ।
सम्झनालाई प्रहरीले पक्राउ गरिसकेको छ । थेवेका अनुसार उनका श्रीमान् सूर्यबहादुर घरमा थिएनन् । छोराको हत्या गर्नुको कारण स्पष्ट खुलिनसकेको थेवेले बताए । सम्झनालाई हिरासत लिई प्रहरीले अनुसन्धान थालेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया