एक्सन रुममा प्रधानमन्त्री र मुख्यमन्त्रीको कुराकानी

समाधान संवाददाता २०७६ जेठ १६ गते ९:२२

समाधान सम्वाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुम सुरु गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर सुरु एक्सन रुमबाट बुधबार ओलीले मुख्यमन्त्रीहरुसँग भिडियो कुराकानी गरे । गण्डकीका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ प्रदेशका मुख्यमन्त्री र कर्णालीका मुख्यमन्त्रीको सट्टा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्रीसँग कुराकानी गरे ।

सबा २ बजे दिउँसो भिडियोमा देखा परेका प्रधानमन्त्री ओलीले एक्सन रुम समाधानको उपाय खोज्ने र प्रत्यक्ष संवादको स्थिति बन्ने गरी सुरु भएको जानकारी गराए । ‘तत्काल समाधान दिन सकियोस् भनेर नयाँ चरणमा हामी प्रवेश गरेका छौं,’ उनले भने, ‘यो डिजिटल नेपालतर्फको यात्रा हो ।’

Advertisement

गण्डकीका मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनका लागि आजका दिनदेखि एउटा पटाक्षेप भएको बताए । ‘संघ र प्रदेशका बीच जुन समस्या देखा पर्छन्, त्यसको तत्काल समाधान गर्न एक्सन रुम महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्न यो महत्वपूर्ण हुनेछ ।’ विकास अघि बढाउन, अनुगमन गर्न लगायतमा पनि एक्सन रुम प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

संघीयता कार्यान्वयनको चरणमा पैदा भएका समाधान गर्न एक्सन रुम प्रभावकारी हुने मुख्यमन्त्री गुरुङको विश्वास थियो । ‘तीनै तहका सरकारको समस्या तत्काल समाधान गर्ने र नेपाल सरकासँग समन्वय गर्ने विषयमा यसले महत्वपूर्ण आधार तय गरेको छ, यो संविधान कार्यान्वयनको निम्ति सबैभन्दा ठूलो सवाल हो,’ गुरुङले भने ।

Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, कर्णालीका अर्थमन्त्री प्रकाश ज्वाला, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ३ का डोरमणि पौडेल, २ का लालबाबु राउत र १ का शेरधन राईले पनि प्रधानमन्त्रीसँग भिडियो कुराकानी गरे ।

तपाईको प्रतिक्रिया