खुला दिसा मुक्त क्षेत्र घाेषणा गरेकाे ७ वर्षमा जम्मा ३ प्रतिशत पक्की शाैचालय

समाधान संवाददाता २०७६ जेठ १९ गते १२:२९

रामकृष्ण लामिछाने
पर्वत

पर्वत जिल्ला खुला दिशामुक्त घोषणा भएको ७ वर्ष हुँदा पनि पक्की शौचालय निमार्ण पूरा भएको छैन । चालु आवमा सरसफाइको जिम्मा पाएका स्थानीय निकाय नै यसबारे बेखबर छन् । जिल्लामा पक्की शौचालय निर्माण गर्नेको संख्या ३ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

२०६९ साल चैत ३१ गते जिल्लाभरका ८ प्रतिशत घरमा कच्ची शौचालय निर्माण गरेर खुला दिशामुक्त घोषणा गरिए पनि हालसम्म ३ प्रतिशत घरले मात्रै पक्की शौचालय निर्माण गरेका छन् । ८० प्रतिशत घरमा पक्की शौचालय र २० प्रतिशत घरमा कच्ची शौचालय निर्माण गरी जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको थियो ।

Advertisement

५ वर्षको हाराहारी अवधिमा कच्ची शौचालय निर्माण गरेर खुला दिशामुक्त अभियानमा सहभागी भएका मध्ये १ हजार ५ सय ४५ घरले पक्की शौचालय निर्माण गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेम डोटेलले चालु आवको साउनबाट सरसफाइ क्षेत्रको जिम्मा स्थानीय तहमा गएको बताए । ‘पक्की शौचालय निमार्ण कार्य पूरा हुन बाँकी छ,’ डोटेलले भने, ‘यसमा स्थानीय सरकार लाग्नुपर्छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले सरसफाइ जस्तो क्षत्रमा ध्यान दिन आवश्यक छ ।’

पर्वतका सबैभन्दा धेरै फलेवास नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका, माहशिला लगायत आसपासका क्षेत्रमा पक्की शौचालय निर्माण हुन बाँकी छ । केहि वडा पूर्ण सरसफाइ युक्त भएको जलजला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अर्जुन शर्माले बताए ।

Advertisement

उनले भने,‘ हाम्रो पालिकाबाट पक्की शौचालय निमार्ण गर्न अनुदान दिएका छौं, ‘शर्माले थपे, ‘उहाँहरुले पक्की शौचालय बनाइ सक्नुभयो, सरसफाइ र शौचालय निमार्णका क्षेत्रमा केहि आर्थिक रुपमा कमजोर भएका हुनुहुन्छ,’ शर्मा, ‘भन्छन् अर्को आवमा सबै घरधुरीमा पक्की शौचालय निमार्ण कार्य पूरा हुन्छ ।

नयाँ संरचना अनुसार बनेका स्थानीय तह तथ्यांक संकलनको काम चलिरहेकाले यतिनै भन्ने तथ्यांक भए पनि पुरानो संरचनाका आधारमा माहाशिलामा सबैभन्दा धेरै कच्ची शौचालय रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया