१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो

समाधान संवाददाता २०७६ जेठ २० गते १६:१५

एजेन्सि, असम

भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ । पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो ।

Advertisement

टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ ।

मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया