सबैजसो सहरमा एनसेलको फोरजी

समाधान संवाददाता २०७६ जेठ २१ गते १२:३१

समाधान संवाददाता
काठमाडौं

एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ टर्म इभोलुसन (एलटिइ) नेटवर्क विस्तार गरेको छ । एनसेलले देशका हजारभन्दा बढी स्थानमा फोरजी सेवा पुर्‍याएको हो ।

एनसेलले आइतबार फोरजी सेवा देशका सातै प्रदेशका हजारभन्दा बढी स्थानमा पुगेकोे घोषणा गरेको छ । अब प्राय सबै सहर र सहरी क्षेत्रभन्दा बाहिर रहेका ग्राहकले पनि द्रुत गतिको मोबाइल ब्रोडब्यान्ड सेवा लिन सक्नेछन् । ‘सहरी क्षेत्रभन्दा बाहिरका स्थानसमेत समेट्दै फोरजी सेवा विस्तार गरिएको छ,’ एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । यसले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा योगदान गर्ने कम्पनीको विश्वास छ ।

Advertisement

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको मोबाइल ब्रोडब्यान्ड सेवा लिन सक्ने छन् । अब ग्राहकले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइल आदानप्रदान गर्न, उच्च गुणस्तरका भिडियोसजिलै हेर्न पाउने छन् ।

२०७४ बाट एनसेलले फोरजी सेवा काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमासुरु गरेको थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलंगवा र घनकुटा लगायत अन्य धेरै सहरमा उपलब्ध छ ।

Advertisement

आफ्नो सिमलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र १ रुपैयाँ तिरेर फोरजी चल्ने सिम बनाउन सक्छन् । यसरी सिम परिवर्तन गर्ने ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया