महानगरकाे फेरी अर्को वडा कार्यालयमा चोरी

समाधान संवाददाता २०७६ जेठ २४ गते ११:४१

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका ३१ वडा कार्यालयमा बुधबार राति चोरी भएको छ । नहरचोकमा रहेको कार्यालयबाट ढोका फोरेर कम्प्युटर, ल्यापटप लगायत विद्युतीय सामग्री चोरी भएको वडाध्यक्ष कमलबहादुर थापाले बताए । कार्यालयको प्राविधिक शाखाबाट चोरी भएको ल्यापटपबाट पोहोरदेखिका योजना स्टिमेटका डाटा समेत चोरी भएको उनले बताए । कार्यालयबाट २ थान डेक्सटप कम्प्युटर, २ थान युपिएस र १ थान ल्यापटप चोरी भएको वडाध्यक्ष थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिसुवा, डाँडाकोनाकमा उजुरी दिएको वडाध्यक्ष थापाले सुनाए । ‘यसअघि पनि अन्य वडाहरुमा भएको चोरीको प्रकृति र हाम्रो वडाको उस्तै छ । वडाका महत्वपूर्ण फाइल र नागरिकका विवरण हात पार्न कम्प्युटर लगायत उपकरण चोरी भएको हुन सक्छ ।’ प्रहरी प्रशासनले राति १२ बजेसम्म पहरा दिइएको भन्दै वडाध्यक्ष थापाले प्रहरी नभएको मौका छोपेर रातिनै कार्यालयको ढोका फोरिएको हुनसक्ने बताए ।

Advertisement

पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका विद्युतीय सामग्री कम्प्युटर ल्यापटप लगायत उपकरण नै पर्ने गरेका छन् । केही महिना यता पोखराका ५, १६, १३, २९ लगायत वडाहरुबाट त्यस्तै प्रकृतिका विद्युतीय सामग्री चोरी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया