—सम्पादकीय— योजनामा निरन्तरता नै जाती

एउटा सरकार आयो एउटा नीति र योजना बनायो । तुरुन्तै अर्काे सरकार आयो पुरानो नीति र योजना लत्यायो अर्काे बनायो । नेपालमा विगतको नियति यस्तै हुन्थ्यो । अस्थिर सरकारहरु आउने जाने भइरहँदा दीर्घकालीन नीति र योजना कहिल्यै बनेन ।
सरकारपिच्छे नयाँ नीति र नयाँ योजना बने । तर एउटै पुरा हुन पाएनन् । अहिले मुलुकमा स्थिर सरकार छ जसले बनाएको नीति र योजना फेरबदलिने कुरा भएन । ऊ आफ्नै नीति र योजनाअनुसार चल्न थालेको छ । जस्तो कि गण्डकी प्रदेश सरकारले जेठ २४ मा ल्याएको नीति तथा कार्यक्रममा मूल कुरा पुरानै छ । नयाँ नारा र केही लिपपोतचाहिँ अवश्य छ ।
गण्डकी प्रदेश सरकार गठन भएकै दिन तय भएका योजनामा नीति तथा कार्यक्रम केन्द्रित छ । सबै बस्तीमा बिजुली पु¥याउने, घरघरमा धारा पुर्याउने योजना निरन्तर छ । विश्वविद्यालय खोल्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तरको खेलकुद स्टेडियम बनाउने, विशेषज्ञ अस्पताल खोल्ने सरकारको योजना बिर्सेको छैन । कृषि उत्पादन दोब्बर बनाउने, गरिबी घटाउने, उत्पादन बढाउने र पर्यटनलाई गाउँसँग जोड्ने, स्थानीय उत्पादनसँग जोड्ने जुन नीति फेरि प्राथमिकताका साथ आएका छन् । यिनलाई सकारात्मक रुपमा लिनुपर्छ । कृषि अनुदानमा देखिएका कमजोरी सच्च्याउने कुरा सकारात्मक छ ।
कहिले कुन बाटो कहिले कुन बाटो हिँडेको यात्री गन्तव्यमा पुग्दैन । निरन्तर एउटै दिशा पक्डेर हिँडेको यात्रुलेमात्रै गन्तव्य भेट्छ । सरकारको हकमा पनि त्यही लागु हुने हो । उही योजना र लक्ष्य भेट्न एउटै नीतिमा अघि बढ्दा नै उद्देश्य पूरा हुन्छ । त्यस मानेमा सुरुदेखि नै लक्ष्य र योजनामा केन्द्रित भएर आएको नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा लिनु मनासिव हुन्छ । तर नीति र कार्यक्रममात्रै राम्रो भएर हुन्न । कार्यान्वयन त झन् महत्वपूर्ण पाटो छँदैछ ।
सरकारले सुरुमा भनेअनुसार गाउँगाउँमा बिजुली पुर्याउन सक्नुपर्छ । घरघरमा धारा जोड्न सक्नुपर्छ । पालिकाका केन्द्रकेन्द्रलाई प्रदेश राजधानीसँग सडकले नजोडी धर पाउँदैन । यो उसको योजनामात्रै होइन आवश्यकता पनि हो । गत वर्ष स्थानीय तहसँगको समन्वयबिना पनि केही योजना बने ।
त्यसैले प्रत्येक पालिकामा उद्योगग्राम, खेलकुद मैदान र सभा हल अनि नगरपालिकाहरुमा स्मार्ट शौचालयको योजनामा स्थानीय तहको चासो देखिएन । किनभने प्रदेशले स्थानीयसँग समन्वय नै नगरी त्यस्ता कार्यक्रम तय गर्यो । स्थानीय तहसँग उनीहरुको आवश्यकता सोध्नुपथ्र्याे । योजना छनोट गर्दा धरातलीय यथार्थ बुझ्न सक्नुपथ्र्याे ।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा सस्तो लोकप्रिय कार्यक्रम पनि देखिएन । नीति पनि भेटिएन । त्यो अर्काे सकारात्मक पक्ष हो । अहिले मुलुकलाई गाँजेकै सस्तो लोकप्रियताले हो । दीर्घकालीन योजना र कार्यक्रमभन्दा लोरिझ्याइँले बर्बादी खडा गरिरहेको छ । प्रियतावादी नभएको मानेमा पनि सरकार आवश्यक र दीर्घकालीन योजनामा केन्द्रित छ भन्ने देखिन्छ ।
फेरि पनि प्रष्ट कुराचाहिँ सरकारले लक्ष्य भेटेन भने र योजना कार्यान्वयन गरेन भने जति सुकै राम्रो नीतिको पनि अर्थ हुँदैन । मूल कुरा कार्यान्वयनै हो । यसमा सरकारलाई शंकाको लाभ दिऊँ ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया