यातायात मजदुरलाई सचेतना कार्यक्रम

समाधान संवाददाता २०७६ जेठ २८ गते ११:५८

समाधान संवाददाता, बागलुङ

यातायात क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने बागलुङमा आयोजित १ कार्यक्रमका सहभागीले बताएका छन् । समाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले बागलुङमा आयोजना गरेको यातायात क्षेत्रका मजदुरका लागि सचेतनामूलक कार्यक्रमका वक्ताले उक्त कुरा बताएका हुन् ।

देशको आर्थिक समृद्धिको पाटोमा महत्वपूर्ण भूमिका खेलेको यातायात क्षेत्रले विभिन्न समस्या झेल्नु परेकाले दुर्घटना न्यूनीकरण गर्न चुनौती भएको यातायात व्यवसायीले गुनासो समेत गरे ।

Advertisement

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा यातायात व्यवसायी र मजदुरलाई सामाजिक मन्त्रालयका कानुन अधिकृत श्वेता शर्माले यातायात कानुनका विशेषता तथा कानुनी अभ्यास र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुकबहादुर विकले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया