नेपालको बैंकिङ प्रणाली सुदृढः अर्थमन्त्री खतिवडा

समाधान संवाददाता
काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन् । उनले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे ।
पुँजी र निक्षेपको अनुपातमात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा राम्रो रहेको उनको दाबी छ । अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भिसत्रने सम्भावना बढेर गएकोसमेत बताए ।
मंगलबार काठमाडौँको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवन शिलान्यास गर्दै उनले निक्षेप बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्ब पुर्याउने घोषणा पनि गरे ।
सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिद गरिसकिएको बताए ।
कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ । भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३ सय ९६ रुपैयाँ लाग्ने अनुमान छ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया