‘दलित आन्दोलन राजनीतिक आन्दोलनभन्दा जेठो’

समाधान संवाददाता २०७६ जेठ २९ गते १४:११

समाधान संवाददाता
पोखरा

नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले नेपालको दलित आन्दोलन राजनीतिक आन्दोलनभन्दा पहिले सुरु भएको बताएका छन् । राजनीतिक आन्दोलन विभिन्न चरणमा अनेक प्रकारले सफल भइसक्दा पनि दलित आन्दोलनले गन्तव्य प्राप्त नगर्नुको विषयमा समीक्षा हुनुपर्ने बताए । नेपालीले भने, ‘नेपालको दलित आन्दोलन राजनीतिक आन्दोलनअघि सुरु भएको हो । तर, किन अझै उत्पीडन हटेन समीक्षा जरुरी छ ।’

पोखरा वडा नं. १७ ले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । वडाले पोखरा १७ का उत्पीडित, दलितका लागि आयोजना गरेको ४ दिने उद्घोषण तथा कानुनी सचेतता तालिम मंगलबार सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका नेपालीले कानुनमा समान भए पनि व्यवहारमा भेदभाद नहटेको बताए । उनले भने, ‘मान्छेले भगवान् मान्ने राजाको अन्त्य त सम्भव भयो भने दलित विभेद् नहट्ने कुरै छैन ।’

Advertisement

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले ६०, ७० हजार जनसंख्या भएको वडा भएकाले सबै वासिन्दालाई समृद्धिको पहुँचमा पुर्‍याउन वडा लागिरहेको बताए । उनले वडावासीलाई आफ्नो काम, कर्तव्य, अधिकार, दायित्व बुझेर विकास र उन्नतिको बाटोमा सहकार्य गर्न आग्रह गरे ।

पोखरा १७ का वडा सदस्य तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले उत्पीडित र दलित महिलाको सशक्तीकरण जरुरी रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘म को हुँ, मेरा अधिकार के छन्, अधिकार कसरी पाउन सक्छु भनी तालिमले सिकाउनेछ ।’ उनले नेपाली समाजमा महिलाकै अवस्था पुरुषसरह नभएका बेला दलित महिलाको अवस्था झनै दयनीय रहेको बताइन् ।

Advertisement

कार्यक्रममा नेकपा पोखरा १७ संयोजक सुवास ढुंगाना, वडा सदस्य शान्तादेवी गुरुङ, वडा सदस्य तारा सेवा परियार, पोखरा ७ का वडा सदस्य सुकमाया नेपाली, दलित उत्थान व्यवस्थापन समिति अध्यक्ष कोपिला दियाली सुनार लगायतले बोलेका थिए । दलित उत्थान व्यवस्थापन समिति पोखरा १७ ले व्यवस्थापन गरेको ४ दिने तालिममा अधिवक्ता जानुका शर्माले प्रशिक्षण दिने छिन् ।

तपाईको प्रतिक्रिया