पास्नीको भोज खाँदा ३० जना भन्दा बढि बिरामी

समाधान संवाददाता २०७६ जेठ ३१ गते १२:३१

रासस, धादिङ

नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी बिरामी परेका छन् ।

स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

Advertisement

बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो ।

उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया