म्याग्दीमा लागुऔषध सहित ६ जना पक्राउ

समाधान संवाददाता २०७६ असार २ गते १२:०९

समाधान संवाददाता, म्याग्दी

म्याग्दीमा लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनीमा पैदल हिडिरहेको अवस्थामा लागुऔषध ओसार पोसार गर्ने व्यक्ति भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रघुगंगा गाउँपालिका १ बेगखोलाका २९ वर्षका निखल फगामी, बेनी नगरपालिका ८ न्युरोड बस्ने २३ वर्षकी रेजिना श्रेष्ठ, मंगला गाउँपालिका ३ बरंजाका २२ वर्षकी सीता केसी, बेनी नगरपालिका ९ का २९ वर्षका राजुकुमार शेरपुञ्जा, बेनी नगरपालिका ८ का विजय बानिया र रघुगंगा गाउँपालिका ६, हाल बेनी नगरपालिका ७ मंगलघाट बस्ने प्रविण छन्त्याल पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ परेकाबाट लागुऔषध ८६ थान डाईजापाम, फेनेरागन र नुर्फिनसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई आइतबार जिल्ला अदालत म्याग्दीमा पेस गरी १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया