शिक्षक लाइसेन्सको लागी आवेदन खुल्याे

समाधान संवाददाता २०७६ असार ३ गते १५:०४

समाधान संवाददाता, काठमाडाैं

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ।

आयोगले सूचना निकालेर प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।

Advertisement

प्राथमिक तहका लागि पाँच सय, निम्नमाध्यमिक तहका लागि सात सय र माध्यमिक तहका लागि एक हजार दस्तुर बुझाएर योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने आयोगले जनाएको छ।

दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ। आयोगको वेवसाइट tsc.gov.np मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ।

Advertisement

असार २२ गतेसम्म दरखास्त बुझाउने समय छ भने दोब्बर दस्तुर बुझाएर दरखास्त दिन समय असार २९ गतेसम्म छ। दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएकोले फारम भर्न सक्नेछन्।

विदेशी शैक्षिक संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र पेश गर्नुपर्ने आयोगको भनाइ छ। तीनै तहको पाठ्यक्रम आयोगको वेवसाइटमा राखिएको छ।

तपाईको प्रतिक्रिया