हुम्लामा कर्णाली नदीमा खसेर यात्रुवाहक जीप बेपत्ताः खोजीका लागि ४ हेलिकप्टर र १६ गोताखोर परिचालन
समाधान संवाददाता
२०७६ असार ३ गते १६:००

समाधान संवाददाता, हुम्ला
हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा यात्रुवाहक जीप नदीमा खसी बेपत्ता भएकाे छ ।
गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, उनका छोरा, भाइसहित परिवारका सदस्य सवार जीप मंगलबार दिउँसो कर्णाली नदीमा खसेर बेपत्ता भएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार जीपमा कति जना यात्रु थिए भन्ने यकिन भइसकेको छैन । नदीमा खसेको जीप खोजीका लागि गोताखोर परिचालन गरिएको छ।
दुर्घटनामा परेकाहरूको खोजीका लागि १६ जना गोताखोर पठाएको प्रजिअ ढकालले बताए।
‘चार वटा हेलिकप्टरमा सेना राखेर परिचालन गरिएको छ,’ उनले भने, ‘नदीमा कतै जीप देखिन्छ कि भनेर दुइटा हेलिकप्टर खोजीमा छन्।
तपाईको प्रतिक्रिया