विप्लवका सर्लाही इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगले अनुसन्धान थाल्यो

समाधान संवाददाता २०७६ असार ६ गते १३:०७

समाधान संवाददाता, काठमाडाैं

मानव अधिकार आयोगले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या भएकोमा अनुसन्धान सुरु गरेको छ। प्रहरीले चलाएको गोलीबाट पौडेलको बिहीबार मृत्यु भएको थियो।

आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालयबाट टोली खटिएको उल्लेख गरेका छन्। उक्त टोलीले घटनाको अनुसन्धान गरेर तत्कालै आयोगमा प्रतिवेदन बुझाउने बताएको छ।

तपाईको प्रतिक्रिया