प्रहरीद्वारा तनहुँ जलादीमा गाँजा नष्ट

समाधान संवाददाता २०७६ असार ९ गते १२:५७

समाधान संवाददाता, दमौली

तनहुँको व्यास नगरपालिका ७ जलादीगाउँमा प्रहरीले ३ सय बोट गाँजा नष्ट गरेको छ । सोही ठाउँका बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका ३ सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीयको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Advertisement

बारीमा उम्रिएको गाजाका कारण युवाको आवतजावत बढ्न सक्ने भएकाले स्थानीयको सहयोगमा फडानी गरिएको प्रनाउ लामिछानेले बताए । उनले भने, ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय कानुन चलिरहेको सन्दर्भमा स्थानीयवासीलाई लागुऔषध विरुद्ध सचेतना जगाउँदै गाजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौं ।’

कैदीबन्दीलाई लागुऔषध प्रशिक्षण
जिल्ला प्रहरी कार्यालय तनहुँले कारागारमा रहेका कैदीबन्दीलाई आइतबार लागुऔषध विरुद्ध प्रशिक्षण दिएको छ । कारागारमा रहेका थुनुवा तथा कैदीलाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लागुऔषध बारे प्रशिक्षण दिइएको हो ।

Advertisement

प्रहरी निरीक्षक राजकुमार सुनार र न्यु डे फेलोसीपका पवन चुमीमगरले सहजीकरण गरेको प्रशिक्षणमा ९५ जना कैदीबन्दीको सहभागिता रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया