पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
समाधान संवाददाता
२०७६ असार १५ गते १२:२१

रासस, पाेेखरा
तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर एक बालककाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीया निञ्चल थापा रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए ।
तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गोताखोरले टोलीले साँझ ८ बजे पोखरीबाट निकालेको प्रहरीको भनाइ छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया