४ लाख घुससहित स्याङ्जामा खानेपानीका इन्जिनियर समातिए
समाधान संवाददाता
२०७६ असार १७ गते १७:४५

खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित समातिएका छन् । रौतहट घर भई गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत वासी अख्तर मोहम्मद मंगलबार रंगेहात समातिएका हुन् ।
स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मदले घुस मागेका थिए । मोहम्मदले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मदलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।
सम्बन्धित








सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया