४ लाख घुससहित स्याङ्जामा खानेपानीका इन्जिनियर समातिए

समाधान संवाददाता २०७६ असार १७ गते १७:४५

खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित समातिएका छन् । रौतहट घर भई गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत वासी अख्तर मोहम्मद मंगलबार रंगेहात समातिएका हुन् ।

स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मदले घुस मागेका थिए । मोहम्मदले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मदलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया