अवैध रुपमा बस्दै आएका रसियन नागरिक पोखराबाट पक्राउ

समाधान संवाददाता २०७६ असार १७ गते १८:१५

समाधान संवाददाता

अवैध रुपमा पोखरामा बस्दै आएका एक रसियन नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ ।

पर्यटक प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निक्कोले ओलेगोभिच भोरोनोभलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले टोलीले उनलाई असार १६ गते पोखरा–६ खहरेबाट पक्राउ गरेको पर्यटक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लेकसाइडमा उनले माला, क्युरियोजस्ता सामग्री बिक्री गर्दै आइरहेको पर्यटक प्रहरीले जनाएको छ । आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको र सोही दिननै काठमाडौं अध्यागमन पु¥याइएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया