मुढोले किचेर १ किशाेरीकाे मृत्यु
समाधान संवाददाता
२०७६ असार १९ गते १३:०४

समाधान संवाददाता, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ चिच्चौरमा एक किशोरीको काठको मुढोले किचेर मृत्यु भएको छ । बाख्रा चराउन जंगलमा गएकी किशोरीलाई भिरबाट पल्टाएको काठको मुढोले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
मुढोले किचेर सोही स्थानका १७ वर्षीया सुजना रोकाको घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन जंगलमा गएका बेला माथिबाट पल्टाएको मुढोले किचेको स्थानीयले बताएका छन् । जंगलबाट काठको मुढो पल्टाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया