२ सय किसान इजरायल पठाउँछौंः मुख्यमन्त्री

समाधान संवाददाता २०७६ असार २३ गते १२:०३

समाधान संवाददाता, पोखरा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका २ सयजना किसानलाई तालिम लिन इजरायल पठाउने बताएका छन् । कृषिमा यान्त्रिकीरण र व्यावसायीकरणका लागि किसानलाई दक्ष बनाउन यजरायलमा तालिमका लागि पठाउन लागेको जानकारी दिए ।

मादी गाउँपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा शनिबार याङ्जाकोटमा मुख्यमन्त्री गुरुङले प्रदेशका प्रत्येक स्थानीय तहबाट २÷२ जनाका दरले किसान इजयरायल पठाउने बताए । उनले ६ प्रतिशतमात्रै खेतीयोग्य भूमि भएको इजरायलले खेतीपातीमा नयाँनयाँ प्रविधि विकास गरेको सुनाए । उनले भने, ‘इजरायल मरुभूमिको देश हो, तर माटो अर्काको देशबाट ल्याएर, पानी अर्काको देशबाट ल्याएर खेती गरिएको छ ।’

Advertisement

पक्का किसानलाई मात्रै तालिमका लागि विदेश पठाउने मुख्यमन्त्री गुरुङले सुनाए । ‘पक्का माटोमा काम गरेको, भकारो सोहोरेको किसानलाई मात्रै अवसर दिइनेछ,’ उनले भने । ५ वर्षभित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने पनि उनले दोहोर्‍याए । केही समयअघिमात्रै मुख्यमन्त्री गुरुङले कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्ने र प्रदेशका किसानलाई तालिम दिलाउनबारे नेपालका लागि इजरायलका राजदूत बेनी ओमरसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए । त्यसको केही समयपछि प्रदेश सरकारका मन्त्री, योजनाविद लगायतसँग इजरायली दूत र अधिकारीहरुको बैठक पोखरामा भएको थियो ।

‘किसान १ वर्ष तालिम गर्न इजरायल जानेछन्, तालिम गर्नेछन्, १०÷१५ लाख रुपैयाँ कमाइ पनि गर्नेछन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘त्यही पैसाले पछि नेपालमा व्यवसाय गर्नेछन् ।’ प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गा दवाडीका अनुसार किसानलाई इजरायल पठाउनुअघि लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडमा तालिम दिइनेछ । उक्त कम्पनीका कृष्ण बजगाईंले इजरायलमा तालिम लिन योग्य बनाउन ३ महिना तालिम दिइने समाधानलाई बताए ।

Advertisement

किसान छनोटका लागि मापदण्ड तयार भइरहेको जानकारी उनले दिए । आउँदो भदौ÷असोजबाट तालिम सुरु हुनेछ र अर्काे वर्ष किसान इजरायल जान पाउनेछन् । बजगाईंसहितका युवाले लमजुङको दुराडाँडामा इजरायली प्रविधिबाट खेतीकिसानी गर्दै आएका छन् । गण्डकीसहित अर्काे एउटा प्रदेशका किसान पनि लैजाने गरी सम्झौता तयारी भइरहेको इजरायली दूतावासले गृहकार्य गरिरहेको छ ।

ब कलाकारले नाच्ने र गाउनेमात्र नगरी आफ्ना मौलिक गीत र बाजाको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । प्रदेश सभा सदस्य मीना गुरुङ, इन्द्रधारा बिस्ट र मित्र गुरुङ सुवेदीले कलाकारको वृत्ति, विकासका लागि आवश्यक पहल गर्ने बताए ।

अधिवेशनमा वरिष्ठ नृत्य निर्देशक एवं संस्कृतिकर्मी मेनकाजी गुरुङ र वरिष्ठ गायक तथा संगीतकार कृष्ण गुरुङलाई जनही ५ हजार ५ सय ५५ नगद, फेता र भांग्रले सम्मान गरिएको थियो । दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव गुरुङ र सचिव सुरेन्द्र गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया