पत्रकार महासंघको आन्दोलन फिर्ता

समाधान संवाददाता २०७६ असार २५ गते ११:४१

समाधान संवाददाता, काठमाडौं

नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको आग्रहपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

नेकपा संसदीय दलसँगको वार्तामा महासंघले उठाएका विषय सम्बोधन गर्ने प्रतिबद्धता आएकाले आन्दोलन स्थगित गरिएको अध्यक्ष गोविन्द आचार्यले बताए । वार्तामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ ,कानुनमन्त्री भानुभक्त ढकाल,नेकपाका महासचिव विष्णु पौडेल, नेताहरु योगेश भट्टराई, दिनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ लगायत नेता सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया