लौराले हानेर साथीको हत्या

समाधान संवाददाता २०७६ असार २६ गते ११:५५

समाधान संवाददाता
पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका नयाँपुल घान्द्रुक कच्ची सडक खण्डमा काम गर्ने स्याङ्जा ज्यामीरेका ४० वर्षीय रामबहादुर गुरुङको हत्या भएको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय रुद्र मगरले सामान्य विवादमा उत्तीसको लौरीले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।

घटनास्थलबाट कुटपिट गर्ने रुद्र मगरलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया