२२० किलो गाँजासहित धादिङबाट एक पक्राउ
समाधान संवाददाता
२०७६ असार २६ गते १३:३०

समाधान संवाददाता, धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङ छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो ।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा उनी ८ बोरा गाँजासहित फेला परेका थिए । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही थालिएको गजुरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया