सय शय्याको प्राकृतिक चिकित्सालय

समाधान संवाददाता
पोखरा
करिब ०५४÷५५ सालसम्म प्राकृतिक चिकित्सालय थियो पोखराको सीमपानीमा । डा. चन्द्रकान्त सुवेदीले व्यक्तिगत रुपमा बनाएको उक्त चिकित्सालय त्यतिबेला पोखरामा प्रभाव जमाउन नसकेपछि नवलपुर सर्यो ।
भएको प्राकृतिक चिकित्सालय अन्तै सरेपछि प्राकृतिक चिकित्सा पद्धतिमा रुचि भएका पोखरेलीलाई नवलपुर पुग्नुपर्छ । तथ्यांकअनुसार अहिले पनि वार्षिक सयौं पोखरेली प्राकृतिक उपचार विधि खोज्दै नपवलपुर पुग्ने गरेका छन् । पोखरामै पुन प्राकृतिक चिकित्सालय खोल्न उनीहरुले माग पनि गरेका थिए ।
सीमपानीको प्राकृतिक चिकित्सालय नवलपुर पुगेको करिब १ दशकपछि पोखरामा फेरि प्राकृतिक चिकित्सालय खुल्ने भएको छ । पोखरामा रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय बनाउने भएको हो । ६ महिनाभित्रै सेवा दिने गरी पोखरा महानगरका मेयर मानबहादुर जिसीले चिकित्सालयको उद्घाटन गरे ।
पोखरा १ नदीपुरमा विन्ध्यवासिनी धार्मिक गुठीको २१ रोपनी जग्गामा चिकित्सालय बन्न लागेको हो । करिब २६ करोड लगानीमा बन्न लागेको उक्त चिकित्सालय २ चरणमा बन्ने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा करिब १५ करोड लाग्ने अनुमान गरेका छौं । पछि ३ सय शड्ढयासम्म बढाउने गरी योजना बनाएका छौं ।’
सचिव श्रेष्ठले चिकित्सालयमा दीर्घ तथा सरल पद्धतिबाट विभिन्न रोगको उपचार हुने जानकारी दिए । उनले भने, ‘यसमा विभिन्न प्राकृतिक उपचार विधि अपनाइन्छ । पञ्चकर्म पद्धति, थेरापी, वाष्प स्नान, माटो लेपन उपचार लगायत विधिबाट उपचार हुन्छ ।’ चिकित्सालय बनाउन प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । सचिव श्रेष्ठले चिकित्सालय बनाउन दाताहरुको खोजी पनि भइरहेको सुनाए ।
चिकित्सालय सञ्चालनको जिम्मा लिएका डा. विनोद गौतमले बन्न लागेको चिकित्सालय अस्पताल नभई जीवन जिउन सिकाउने विद्यालय हुने बताए । उनले भने, ‘चिकित्सालय भन्ने बित्तिकै धेरैले कस्तो होला ? के होला ? भन्ने जिज्ञासा राख्नु भएको छ । यो अस्पतालभन्दा पनि जीवन जिउन सिकाउने विद्यालय हुनेछ ।’ उनले प्राकृतिक चिकित्सालय औषधिविहीन चिकित्सालय भएको बताए ।
गौतमले प्राकृतिक उपचार पद्धतिबारे आम मान्छेमा गलत धारणा रहेको सुनाए । उनले पहिले सबै ठूला अस्पताल धाउने र अन्तिममा मात्रै प्राकृतिक उपचार विधि लिन आउँदा समस्या थपिने गरेको बताए । ‘सबैतिर धाइसकेपछि बल्ल प्राकृतिक चिकित्सालय जाने मान्यता छ । यो एकदम गलत हो । प्राकृतिक चिकित्सालयमा सुरुमै उपचार गरे रोगव्याधीबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने ।
सर्ने रोग करिब न्यूनीकरणकै अवस्थामा पुगिसकेपछि पनि हाल नसर्ने दीर्घ रोग प्रमुख समस्याका रुपमा देखा परिरहेको गौतमले दाबी गरे । ‘नसर्ने रोगको प्रमुख समस्या नै हाम्रो अव्यवस्थित जीवनशैली हो । यसलाई अन्त्य गर्न पनि प्राकृतिक चिकित्सालय अत्यावश्यक छ,’ उनले भने । उनले प्राकृतिक चिकित्सालयमा उपचार गर्न विदेशीको बाक्लो उपस्थिति रहने हुनाले स्वास्थ्य पर्यटनलाई पनि प्रवद्र्धन हुने दाबी गरे ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले चिकित्सालय बनाउन प्राविधिक सहयोग गर्ने बताए । उनले भने, ‘चिकित्सालय ६ महिनामै तयार होस् । महानगर यसमा प्राविधिक सहयोग गर्नेछ ।’ उनले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले उल्लेखनीय र प्रशंसायोग्य काम गरिरहेको बताए ।
पोखरा १ अध्यक्ष शारदा पराजुलीले चिकित्सालय पोखराकै गौरवको योजना भएको दाबी गरिन् । उनले भनिन्, ‘विन्ध्यवासिनीले पोखराको अस्तित्व र सम्भावना बोकेको छ । चिकित्सालय बनाउन थालेर यसले गौरवको योजना पनि सुरु गरेको छ ।’ उनले विन्ध्यवासिनी क्षेत्रलार्ई व्यापारीकण नगर्नसमेत समितिलाई सुझाव दिइन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया