पोखरामा भेटियो ‘पेन गन’, लागु औषध कारोबारी पक्राउ

समाधान संवाददाता २०७६ साउन १ गते १४:०८

समाधान संवाददाता
पोखरा

कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले साथमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए ।

Advertisement

लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए । ‘कास्कीमा सम्भवतः पहिलोपटक पेन गन फेला परेको हो,’ उनले भने, ‘देख्दा ठ्याक्कै पेन, तर यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्छ ।’

Advertisement

साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की प्रहरीको टोलीले बरामद गरेको छ । पक्राउ परेका रानाभाटले साथमा लिई राखेको विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

बरामद भएका प्रमाणका आधारमा रानाभाटसँग जोडिएका अपराधिक व्यक्तिहरुको पत्तो लाग्न सहज हुने उनले बताए । घटना उपर अनुसन्धान भइरहेको र छिट्टै नै सम्बन्ध व्यक्तिहरुको पहिचान गरिने एसपी कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया