मुस्ताङमा सुरक्षा निकायको विपत् अभ्यासकाे डिमो प्रर्दशन

समाधान संवाददाता २०७६ साउन ३ गते १४:५९

सुन्दरकुमार थकाली, मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४ स्थित हुम्दे पाखोमा सुरक्षा निकायको विपत सम्बन्धि डिमो प्रर्दशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा ३ वटै सुरक्षा निकाय , स्थानीय तह ,रेडक्रस ,नागरिक समाज ,एनसीसीई तालिकका विद्यार्थी र पत्रकारले शुत्रबार विपत डिमो प्रर्दशन गरेका हुन् ।

बर्खायामको समयमा संम्भावित जिल्लामा घट्नसक्ने कुनै पनि प्रकारका विपतलाई सहज रुपमा अवतरण गर्न सकियोस भन्ने उद्देश्यले डिपो अभ्यास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । गत वर्ष मुस्ताङको थासाङमा बाढी पहिरोले दुख र सास्ती दिएको अनुवभ सम्झदै क्षेत्रीले कुनै पनि बेला यसप्रकारका घटनालाई सही ढंगले उद्दार ,उपचार र राहतमा टेवा पू¥याउने उद्देश्यले कार्यक्रम भएको जनाए ।

Advertisement

घरपझोङको हुम्दे पाखोमा डिमो मञ्चन भएको हो । डिमो रियर्सल अनुसार उक्त बस्तीमा १५ घरधुरी रहेको र लगातारको अविरल वर्षाका कारण पहिरो जादा बस्तीका घरहरु पुरीएको र मानवीय जोखिम निम्तिएको देखाईयो । विपत पर्दा सरोकारवाला निकायले कसरी यसको व्यवस्थापन गर्न सक्तछन् भन्ने मार्मिक रुपमा प्रष्ठ्याईयो ।

डिमो रियर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने , घटनाको चारकिल्लालाई कसरी सुरक्षित राख्ने ,विपतका बेला स्थानीय संग कसरी समन्वय गर्ने , विपत् परेका घाईतेलाई कसरी प्राथमिक उपचार गर्ने , पीडितको पुर्नस्थापना कसरी गराउने , गम्भिर घाईतेलाई अस्पताल सम्म कसरी लैजाने , राहत सामाग्री विपत पीडितलाई कसरी बितरण गर्ने । स्थानीय प्रशासनको विपतमा कस्तो भूमिका रहने र विपत्का बेला सत्यतथ्य समाचारलाई पत्रकारले कसरी जनसमक्ष संम्प्रेषण गर्ने लगायतको डिमो प्रर्दशन गरिएको थियो ।

Advertisement

डिमो रियर्सलपछि गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले संम्भावित विपत्लाई कसैले टार्न नसकिने उल्लेख गर्दै प्राकृतिक प्रकोप यस्ता घटनालाई सुझबुझ तरिकाले समाधान गर्न पर्याप्त पूर्व तैयारी हुनु पर्ने बताए । जिल्ला स्थित विपत व्यवस्थापन समितिको पहलमा भएको कार्यक्रममा अप्ठ्यारो र खोल्साखोल्सीमा परेका घाईतेलाई माउन्टेन रोपमा उद्दार गरिएको दृष्य र प्रभावित स्थानमा तालिमप्राप्त कुकुरले समेत लाशहरु खोज्ने कामको रमाईलो ढंगले प्रस्तुत गरिएको थियो ।

फोटो क्याप्सनः स्थानीय प्रशासनको संयोजनमा भएको विपत संम्वन्धि डिमो प्रदर्शनमा सहभागि ३ वटै सुरक्षा निकाय टोली

तपाईको प्रतिक्रिया