विद्यार्थी कुट्ने शिक्षक पक्राउ

समाधान संवाददाता २०७६ साउन ७ गते १३:४७

समाधान संवाददाता, हेम्जा

पोखरा-२५ हेम्जास्थित हेम्जा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षीय एक बालकलाई होमवर्क नगरेको भनी कुटपिट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विद्यालयका विद्यार्थीलाई सोमबार प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागी भएका विद्यार्थी विद्यालय पुगे पछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया