डिजिटल सूचनापाटि राखेपछि सेवाग्राहीलाई सहज

समाधान संवाददाता २०७६ साउन ७ गते १५:२६

एसके थकाली, मुस्ताङ

सेवाग्राहीको सेवालाई छिटोछरितो र भरपर्दो तुल्याउन जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई डिजिटल सूचनापाटि उपलब्ध गराईएको छ । घरपझोङ गाउपालिकाले उक्त सहयोग गरेको हो ।

करिव ३२ ईञ्च साईजको फ्लाट स्क्रिन टिभि सूचनापाटिको मुल्य ३ लाख १८ हजार पर्छ । घरपझोङका अध्यक्ष आशबहादुर थकालीले उक्त सूचनापाटी प्रजिअ गंगाबहादुर क्षेत्रीलाई एक समारोहकाबीच हस्तान्तरण गरे । यस्तै, थासाङ गाउपालिकाले पनि करिव १ लाख मुल्य बराबरको दराज सौजन्य प्रदान गरेको छ । कार्यालयको लेखाफाटलाई चुस्त दुरुस्त राख्न सजिलो होस् भन्ने उद्देश्यले दराज उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

स्थानीय प्रशासनमा डिजिटल सूचनापाटि राखिएपछि सेवाग्राहीले सेवाको बिस्तृत विवरण तल उल्लेखित अनुसारको किवोर्ड थिचेपछि जानकारी लिन सक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार डिजिटल सूचनापाटिमा फ्रन्ट वालमा क्रमश सेवाग्राहीले लिने चाहेको बुदाँ सूचिकृत गरिएको छ । सूचिकृत सुविधाको नम्बरमा किवोर्डमा थिचेर ईन्टर गरेपछि संम्पूर्ण बिषयगत डिटेल प्राप्त गर्न सक्तछन् ।

सूचनापाटिमा नागरिकता ,राहदानी ,संस्था दर्ता र नविकरण ,हातहतियार दर्ता तथा नविकरण ,कार्यालयका कर्मचारीको विवरण , सेवाकक्ष र कार्यालयद्धारा अपलोड गरिएका तस्विर र भिडियो दृष्य समेत हेर्न सकिने छ ।

Advertisement

प्रशासनले प्रवाह गर्ने विभिन्न सेवासुविधा यसअघि दोश्रो व्यक्तिलाई सोध्नुपर्ने हैरानी अन्त्य भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनले प्रशासनको सेवालाई चुस्त दुरुस्त राख्न डिजिटल प्रविधि भरपर्दो माध्यम भएको बताए ।उनले भने ,‘सूचनापाटी राखेका छौ , यसबाट पनि केही अप्ठ्यारो परे प्रशासनले सेवाग्राहीलाई सघाउछ ।’

जिल्ला प्रशासन कार्यालयमा राखिएको डिजिटल सेवाबारे जानकारी गराउदै प्रजिअ गंगाबहादुर क्षेत्री र सेवाग्राही ।

तपाईको प्रतिक्रिया