पृथ्वी बस सञ्चालकको नेतृत्वमा योगेन्द्र र धर्मराज आकांक्षी

समाधान संवाददाता २०७६ साउन १० गते १४:२९

समाधान संवाददाता
पोखरा

कम्पनीमा रुपान्तरण भएसँगै देशकै अग्रणी मध्येको १ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको पहिलो साधारण सभा तथा अधिवेशन हुने भएको छ । प्रालिको साउन १० र ११ गते २ दिन पोखरा सभागृहमा चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनबाट १० सञ्चालक सदस्य र १ अध्यक्ष पदमा नेतृत्व टुंगो लगाउने भएको हो ।

प्रालिको नेतृत्व लिन समितिकै बागडोर सम्हाल्दै आएका उपाध्यक्ष धर्मराज अर्याल र महासचिव योगेन्द्रबहादुर केसीले आकांक्षी देखिएका छन् । केसी झन्डै १२ वर्षदेखि समितिको विभिन्न जिम्मेवारी सम्हालेका केसीले प्रालिको नेतृत्व लिन कसरत गरेका हुन् ।

Advertisement

‘आजसम्म पनि जिम्मेवारी भूमिका निर्वाह गर्दै आइरहेको छु,’ महासचिव केसीले भने, ‘राज्यले समितिलाई कम्पनीमा रुपान्तरण त गर्‍यो, अझैं पनि व्यवसायी अनुकूल कानुन ल्याउन खबरदारी गरिरहनु परेको स्थिति छ । म नेतृत्वमा रहँदा व्यवसायीका समस्या निराकरणका लागि पहल गर्नेछु ।’

यातायात क्षेत्रमा भएका तमाम् समस्यालाई राज्य र यातायात कम्पनीका तर्फबाट समन्वय गरेर समुचित व्यवस्थापन गर्नुपर्ने समय आएकाले नेतृत्वमा रहँदा सदैव पहलकदमी भूमिका खेल्ने केसीले बताए ।

Advertisement

यातायात प्राधिकरण गठनको तयारी सरकारले गरिरहेका बेला १ हजार ३ सय २७ सेयर सदस्य भएको पृथ्वीराजमार्गबाट ठोस कदम चाल्नसमेत आफूलाई सम्पूर्ण सदस्यले विश्वास गरेको उनको भनाइ छ ।

सरकारले देश भरका यातायात समिति भंग गरी प्रालि अन्तर्गत रुपान्तरण हुनुपर्ने बाध्यात्मक प्रावधान ल्याएपछि तत्कालीन पृथ्वीराजमार्ग बस सञ्चालक समितिसमेत कम्पनीमा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया