पत्रकार सम्मेलनमा पत्रकारमाथि दुर्व्यवहार

समाधान संवाददाता २०७६ साउन १२ गते १२:०७

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकामा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा पत्रकारमाथि दुर्व्यवहार भएको छ । नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी र खबरबाटिकाका सम्पादक समुन्द्र पौडेललाई स्थानीयले दुव्र्यव्यवहार गरेका हुन् ।

उपमेयर सविता रसाइलीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई हातपात गर्ने प्रयास भएको थियो । घटनाको नेपाल पत्रकार महासंघ तनहुँ शाखाले भत्र्सना गरेको छ । महासंघ तनहुँ शाखा अध्यक्ष ओमकार आचार्य र सचिव उज्ज्वल पौडेलले शुक्रबार विज्ञप्ति निकालेर घटनाप्रति खेद प्रकट गरेका छन् ।

Advertisement

पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्नुका सट्टा पत्रकारमाथि अपशब्द प्रयोग गर्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उपमेयर रसाइलीले आफू निर्दोष रहेको दाबी गर्दै दोषी भए राजीनामा दिने उद्घोष गरिन् । शुक्लागण्डकी ७ मोतिगौडास्थित बगैँचा टोल विकास संस्थाले निर्माण गर्न लागेको खेल मैदानबाट निस्केको गिट्टी वालुवाबारे समाचार प्रकाशन भएको थियो । ‘पत्रकारहरु समाचार लेख्न स्वतन्त्र छन,’ उनले भनिन, ‘स्तन्त्रताको नाममा अरुको प्रतिष्ठामाथि आँच आउन दिने अधिकार पनि छैन ।’

वडाको मोतिगौडास्थित निर्माणाधीन खेलमैदानको क्षेत्रफल करिब ५ रोपनी छ । यो जग्गा श्याम केसीको परिवारले आफ्नो दाबी गर्दै आएको छ । विवाद न्यायिक समितिमा पुगेको थियो । पटक पटकको छलफलपछि गत जेठ २ गते दुबै पक्षको रोहबरमा भएका संरचना यथावत राख्दै मैदान निर्माण गर्ने सहमति भएको थियो ।

Advertisement

पत्रकार सम्मेलनमा उपस्थित श्यामका छोरा रविले वातावरणीय प्रभाव मूल्यांकन गरेरमात्र खेल मैदान निर्माण गर्नुपर्नेमा जोड दिए । ‘वर्षाको समय छ, चारैतिर सम्याउदा अरु क्षेत्रमा क्षति हुन सक्छ,’ उनले भने, ‘हाम्रो माग वातावरणीय मूल्याकंन गरेरमात्र काम गर्नुपर्छ भन्ने हो ।’

तपाईको प्रतिक्रिया